तिहार लागेर फूल फुलेको हो कि, फूल फुलेर तिहार लागेको हो ? {फोटो फिचर}


३१ आश्विन २०७९, सोमबार
Flower 12

भक्तपुर । भक्तपुरको गुन्डु र आसपासको क्षेत्रमा फूलेका मखमली र सयपत्री फूल । तिहार नजिकिएसँगै यसरी ढकमक्क फूल फुलेर गाउँ बस्ती निकै मनमोहक बनेको छ । भक्तपुर र ललितपुरका फूल खेती गर्ने किसानले हरेक वर्ष तिहारमा मखमली र सयपत्री बेचेर मनग्गे आम्दानी गर्ने गरेका छन् । यद्यपि, भारतीय बजारबाट सस्तोमा फूल आउँदा मर्का परेको उनीहरूको भनाइ छ ।

अहिले यस क्षेत्रका किसानलाई फूल टिपेर माला उन्ने चटारो छ । अहिलेदेखि नै माला तयार गर्न नलागे तिहारका लागि बजारमा माला पुर्‍याउन नसकिने फूल खेती गर्दै आएका किसान बताउँछन् ।

Flower 1
Flower 2
Flower 3
Flower 4
Flower 5
Flower 7
Flower 8
Flower 9
Flower 10
Flower 11
Flower 12
Flower 13
Flower 14
Flower 15

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७