देशमा सुशासन कायम गर्न एमालेको सरकार आवश्यक : मैनाली


३१ आश्विन २०७९, सोमबार
Achut Mainali.jpg 1 scaled

बारा । बारा–१ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेबाट उम्मेदवारी दिएका अच्युत मैनालीले देशमा सुशासन कायम गर्न आगामी ४ मंसिरको निर्वाचनबाट एमालेलाई विजयी गराएर उसैको नेतृत्वको सरकार गठन हुनुपर्ने बताएका छन् ।

निजगढमा आइतवार आयोजित एमाले बारा–१ क्षेत्रीय कमिटीको बैठकमा मैनालीले यस्तो बताएका हुन् । एमाले पोलिटब्यूरो सदस्य समेत रहेका मैनालीले गठबन्धन सरकारले दलाल पुँजीपति वर्गको हितमा काम गरेको आरोप लगाउँदै चालू आर्थिक वर्षको बजेट समेत उनीहरूकै निर्देशनमा तयार पारेको बताए ।

उनले आगामी निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई विजयी तुल्याउन सबै कार्यकर्ता र मतदाता एकजुट भएर अघि बढनुपर्ने पनि बताए ।

कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य पुरुषोत्तम पौडेलले केही कमी कमजोरीका बाबजुद एमाले देशको सबैभन्दा असल पार्टी रहेको दाबी गरे । उनले जनताले पनि यो कुरा मनन गर्नुपर्ने र आगामी निर्वाचनमा एमाले उम्मेदवारहरुलाई विजयी तुल्याउनु पर्ने बताए ।

कार्यक्रममा मधेस प्रदेशसभा सदस्य त्रिलोकी चौधरी, प्रतिनिधिसभामा समानुपातिकतर्फको उम्मेदवार अन्जु नेपाली र प्रदेशसभा सदस्यको समानुपातिक उम्मेदवार केवल चौधरीलगायतले बोलेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७