गण्डकीका अमृतले स्क्वासमा जिते लगातार तेस्रो पटक स्वर्ण


३१ आश्विन २०७९, सोमबार
squas nineth game1665991920

काठमाडौंँ । गण्डकीका अमृत थापामगरले पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्क्वासको पुरुष व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जितेका छन् ।

सोमबार पोखरा रंगशालास्थित स्क्वास कोर्टमा सम्पन्न फाइनलमा अमृतले वाग्मतीका अह्रान्त सिन्हालाई ३–२ को सेटमा पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । अमृतले स्वासमा लगातार तेस्रो पटक स्वर्ण पदक जितेका हुन् । अमृतले सातौँ र आठौँ राष्ट्रिय खेलकुदमा पनि स्वर्ण पदक जितेका थिए ।

अमृतले पहिलो सेट १२–१० ले जितेका थिए । उनले दोस्रो सेट ८–११ को स्कोरमा गुमाए । तेस्रो सेटमा १२–१० स्कोरमा जितेका अमृत चौथो सेटमा ९–११ ले पराजित भए । निर्णायक सेटमा अमृतले ११–८ ले लिँदै स्वर्ण पदक जितका हुन् ।

यस स्पर्धामा वाग्मतीका अमिर ब्लोन र गण्डकीका दिपक थापाले काश्य पदक जिते । पुरुष टिम इभेन्टको खेल सोमबार बेलुकीबाट हुने स्क्वास प्रतियोगिता संयोजक लोकेन्द्रमान सिंह भण्डारीले बताए । भण्डारीका अनुसार २ विभागीय टोली र ५ प्रदेशको गरी पुरुषतर्फ कुल २५ जना र महिलातर्फ ७ जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७