आयल निगमलाई एक लिटर पेट्रोलमै साढे १४ रुपैयाँ बढी नाफा, तर तत्काल भाउ नघटाउने


३१ आश्विन २०७९, सोमबार
petrol picturer1

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ तत्काल नघटाउने स्पष्ट पारेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेका कारण नाफामा रहेको र तिहार छठलगायतलाई ध्यान दिएर भाउ घटाउन माग बढिरहेका बेला निगमले विज्ञप्ति निकालेर तत्काल भाउ नघटाउने बताएको हो ।

भारतीय आयल कर्पोरेशनबाट नियमित भाउ घटेर आइरहेको भए पनि निगमले पुरानो नोक्सानीलाई देखाएर मूल्य समायोजन गरेको छैन । निगमले निकालेको विज्ञप्तिमा भारतबाट हिजो आइतवार प्राप्त नयाँ मूल्य सूचीअनुसार फेरि भाउ बढेर आएको र पुरानो घाटा रहेकोले भाउ घटाउन नसकिने उल्लेख छ ।

हिजो केही भाउ बढेर आउँदा पनि निगम अझै १५ दिनमा ३९ करोड रुपैयाँ नाफामा रहेको विज्ञप्तिमा उल्लेख छ । नयाँ मूल्य सूचीअनुसार निमगलाई डिजलमा प्रतिलिटर ६ रुपैयाँ ३४ पैसा र ग्यासमा प्रतिसिलिन्डर तीन सय २५ रुपैयाँ घाटा रहेको विज्ञप्तीमा उल्लेख छ । तर निगमलाई पेट्रोल लिटरमा १४ रुपैयाँ ५६ पैसा, मट्टीतेलमा ३८ रुपैयाँ ५८ पैसा र हवाई इन्धन आन्तरिकतर्फ ४० रुपैयाँ ७८ पैसा तथा अन्तर्राष्ट्रियतर्फ ९० रुपैयाँ ९८ पैसा नाफा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७