चितवन–१ मा कांग्रेसका बागी उम्मेदवार बुर्लाकोटीको समर्थन विश्व पौडेललाई


३१ आश्विन २०७९, सोमबार
Capture1666005185

चितवन । चितवन १ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेसका बागी उम्मेदवार राजेन्द्र बुर्लाकोटीले आफ्नो उम्मेदवारी फिर्ता लिँदै निष्क्रिय बसेको घोषणा गरेका छन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै बुर्लाकोटीले पार्टीले आफूलाई सम्मानजनक भूमिका दिने प्रतिबद्धता जनाएकाले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बुर्लाकोटीलाई निवास बालुवाटार बोलाएर उम्मेदवारी फिर्ता लिई निष्क्रिय बस्न आग्रह गरेका थिए । कांग्रेस सभापति समेत रहेका देउवाले उचित भूमिका र जिम्मेवारी दिने प्रतिबद्धता जनाएपछि बुर्लाकोटी ब्याक भई कांग्रेसका आधिकारिक उम्मेदवार विश्वनाथ पौडेललाई आफूले समर्थन गरेको र जिताउन लागिपर्ने प्रतिबद्धता पनि जनएका छन् ।

बुर्लाकोटी चितवन १ बाट टिकटका आकांक्षी थिए । तर पार्टीले राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष विश्व पौडेललाई टिकट दियो । त्यसपछि असन्तुष्ट रहेका बुर्लाकोटीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए । बुर्लाकोटीको उम्मेदवारी दर्ता भएपछि सत्तारुढ गठबन्धन निकै सकसमा परेको थियो । यदि बुर्लाकोटीको उम्मेदवारी कायमै रहेको भए एमालेका सुरेन्द्र पाण्डेलाई चिट्ठा पर्ने थियो ।

कांग्रेसले सोमबारसम्म बागी र स्वतन्त्र उम्मेदवार दिने पार्टीका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिएर निष्क्रिय बसे अनुशासनको कारबाही नगर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७