प्रहरी दिवसमा डीएसपी साह पुरस्कृत


३१ आश्विन २०७९, सोमबार
bhuwa.jpg

दैलेख । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) भुवनेश्वरप्रसाद साह पुरस्कृत भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयबाट उनलाई पुरस्कृत गरिएको हो ।

सोमबार दैलेखमा प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा उनलाई पुरस्कार प्रदान गरिएको हो । ६७औँ प्रहरी दिवसमा आयोजित कार्यक्रममा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीले डीएसपी साहलाई पुरस्कार प्रदान गरेका थिए । डीएसपी साह जिल्लामा शान्ति सुरक्षा र अमनचयन कायम गर्न सफल भएको भन्दै पुरस्कृत भएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७