नेकपा (एस)को दुःख : भागमा जम्मै १९ सिट, ७ सिटमा कांग्रेसकै बागी उम्मेदवार


१ कार्तिक २०७९, मंगलवार
238 Shares
madhav nepal
फाइल फोटो

काठमाडौँ : सत्ता गठबन्धनमा प्रतिनिधिसभाको १९ सिट पाएको नेकपा (एकीकृत समाजवादी) को ७ क्षेत्रमा कांग्रेसको बागी उम्मेदवारी परेको छ । सत्ता गठबन्धन निर्णय विरुद्ध उभिएर कांग्रेसका नेताहरुले बागी उम्मेदवारी दिएपछि नेकपा (एकीकृत समाजवादी)का उम्मेदवारहरु खतरामा परेका छन् ।

को कहाँ बागी ?
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता झलनाथ खनाल उम्मेदवार रहेको इलाम–१ मा कांग्रेसका पुराना नेता विक्रम पाण्डे बागी उठेका छन् । स्थानीय तह निर्वाचनमा वडाध्यक्ष उम्मेदवारले पाएको मतअनुसार एकीकृत समाजवादी तेस्रो स्थानमा छ । पाण्डे बागी उठेपछि खनाल ‘रेड जोन’मा परेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रतिनिधिसभामा एमालेले जिल्ला अध्यक्ष महेश बस्नतेलाई उठाएको छ । स्थानीय निर्वाचनपछि इलाममा कांग्रेस र एकीकृत समाजवादीबीच सम्बन्ध राम्रो छैन । खनालकै निर्देशनमा सूर्योदय नगरपालिकाको कार्यपालिका र जिल्ला समन्वय समितिमा कांग्रेस विरुद्ध नेकपा (एस)ले एमालेसँग गठबन्धन गरेको थियो । यस कारण पनि कांग्रेस रुष्ट छ ।

ncll 2

समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा उदयपुर–२ मा गठबन्धनको उम्मेदवार बनेका छन् । कांग्रेसले स्थानीय तह निर्वाचनमा खतिवडाले गठबन्धनलाई धोका दिएको आरोप लगाउँदै आएको छ । यही आरोप लगाएर उनी बिरुद्ध कांग्रेसका पूर्वक्षेत्रीय सभापति रामकुमार राई बागी उम्मेदवार छन् । एमालेबाट अम्मरबहादुर रायमाझी उम्मेदवार छन् ।

jagdamba.cement

गुल्मी–२ मा पूर्वमन्त्री एवं पार्टी सचिव रामकुमारी झाँक्रीले टिकट पाएकी छिन् । झाँक्री विरुद्ध कांग्रेसका पूर्वक्षेत्रीय सभापति दामोदर भुसाल बागी उठेका छन् । लुम्बिनी प्रदेश योजना आयोगको सदस्यबाट राजीनामा दिएर उम्मेदवार बनेका भुसाललाई उनका बुवा सुरेशचन्द्र भुसालको साथ छ । सुरेश गुल्मीमा दुई कार्यकाल कांग्रेस जिल्ला सभापति र ०६४ मा संविधानसभा सदस्य उम्मेदवार हुन् ।

कास्की–२ मा पनि श्रीनाथ बरालविरुद्ध कांग्रेसका प्रभावशाली प्रोफाइल भएका महादेव गुरुङ बागी उठेका छन् । ०४९ मा तत्कालीन जिल्ला विकास समितिका सभापति भएका गुरुङ ०५६ मा प्रतिनिधिसभा सदस्य हुँदै पर्यटन राज्यमन्त्री भएका थिए । उनी नेपाल तरुण दलका पूर्वअध्यक्षसमेत हुन् । उक्त क्षेत्रमा एमालेबाट विद्या भट्टराई उम्मेदवार छिन् ।

एकमात्र निर्वाचन क्षेत्र रहेको सल्यानमा पार्टी उपमहासचिव प्रकाश ज्वालाविरुद्ध कांग्रेसका राजेन्द्रबहादुर शाह बागी उम्मेदवार छन् । ०४८ र ०५१ मा सांसद निर्वाचित भएका उनी एक पटक शिक्षा राज्यमन्त्री भएका थिए । एमालेले राजेन्द्रवीर रायलाई उठाएको छ ।

डोटीमा अन्ततः एकीकृत समाजवादीको तर्फबाट पूर्वमन्त्री प्रेमबहादुर आले उम्मेदवार बनेका छन् । उनी विरुद्ध कांग्रेस नेता नरेन्द्रबहादुर खड्काको बागी उम्मेदवारी परेको छ । उद्योग वाणिज्य संघ डोटीका पूर्वअध्यक्ष खड्का ‘डोटीमा प्रदेश राजधानी स्थापना’ अभियानका अगुवा हुन् ।

एकीकृत समाजवादीबाट उम्मेदवार शेरबहादुर कुँवरले अछाम–१ मा गठबन्धनबाट कांग्रेसका राजन कुँवरको सामना गरिरहेका छन् । कांग्रेस महासमिति सदस्य रहेका राजन सामाजिक क्षेत्रमा पनि सक्रिय युवा हुन् ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७