सल्यानमा अरिंगालले टोक्दा आमा–छोरीको मृत्यु, एक जना गम्भीर


१ कार्तिक २०७९, मंगलवार
aringal

सल्यान । सल्यानमा अरिंगालको टोकाइबाट आमा–छोरीको मृत्यु भएको छ । अर्का एक जनाको गम्भीर अवस्थामा उपचार भइरहेको जनाइएको छ ।

जिल्लाको शिद्ध कुमाख गाउँपालिका–१, हामपालकी २१ बर्षीया शोभा बस्नेत बुढाथोकी र उनकी ४ वर्षीया छोरी प्राप्ती बुढाथोकी र शोभाका अंकल २१ वर्षीय नबिन बस्नेत अरिंगालको टोकाइबाट घाइते भएका थिए । उनीहरू घरदेखि करिब एक घण्टा टाढा पर्ने आफ्नै खेतमा धान काट्न गएका थिए । सोमबार बेलुका साढे ५ बजेतिर घरतर्फ फर्किदै गरेका उनीहरू तीनैजनालाई अरिंगालले टोेकेको थियो ।

उपचारका लागि उनीहरूलाई जिल्लाको श्रीनगरमा रहेको परोपकार हस्पिटलमा लगिएको थियो । गम्भीर अवस्थामा रहेकामध्ये आमाछोरीको उपचार जिल्लामा सम्भव नहुने देखिएपछि थप उपचारका लागि बाँके लैजाने क्रममा छोरी प्राप्तीको सल्यानकै शंखुमलस्थित बाटोमै बेलुका पौने ८ बजेतिर मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालका अनुसार शोभालाई बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा पुर्‍याएलगतै चिकित्सकले मृत घोषणा गरेका थिए । घाइते शोभाका अंकल बस्नेतको भने जिल्लाको श्रीनगरस्थित परोकपकार हस्पिटलमा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७