उत्तराखण्डको केदारनाथ धाम नजिकै हेलिकोप्टर दुर्घटना, ६ जनाको मृत्यु


१ कार्तिक २०७९, मंगलवार
thumb 4

नयाँदिल्ली । भारतको उत्तराखण्ड नजिकै हेलिकोप्टर दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार प्रसिद्ध केदारनाथ धाम नजिकै हेलिकोप्टर दुर्घटना भएको हो ।

द हिन्दुस्तान टाइम्सका अनुसार केदारनाथ धामबाट २ किलोमिटर टाढा गरुड चट्टी भन्ने स्थानमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो । उत्तराखण्डका मुख्यमन्त्री पुश्करसिंह धामीले घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् । उक्त हेलिकोप्टरले केदारनाथबाट तीर्थयात्री बोकेर फटा हेलिप्याड जाँदै थियो ।

फटा केदारनाथबाट १८ किलोमिटरको दूरीमा रहेको छ । टेकअफ भएको केही समयमै हेलिकोप्टर दुर्घटना भएको बताइन्छ । खराब मौसमका कारण हेलिकोप्टर दुर्घटनामा परेको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७