जुनमायाले आफ्नै कीर्तिमान तोड्दै जितिन् स्वर्ण


१ कार्तिक २०७९, मंगलवार
junumaya

काठमाडौं । नेपाल पुलिस क्लबकी जुनमाया छन्त्यालले मंगलबार नवौँ राष्ट्रिय खेलकुदको भारोत्तोलनमा आफ्नै कीर्तिमान तोड्दै स्वर्ण पदक जितेकी छन् ।

पोखरा उद्योग वाणिज्य संघको हलमा जारी प्रतियोगिताको महिला ७१ केजी तौल समूहमा जुनमायाले स्न्याच र क्लन एन्ड जर्क दुवैमा राष्ट्रिय रेकर्ड बनाएकी हुन् । जुनमायाले स्न्याचतर्फ ७८ केजी र क्लिन एन्ड जर्कमा ८९ केजी गरी कुल १६७ केजी तौल उठाउँदै स्वर्ण पदक जितेकी हुन् ।

सशस्त्र प्रहरी बल (एपीएफ) क्लबकी सरिता लामाले स्न्याचमा ५२ र क्लिन एन्ड जर्कमा ६५ गरी कुल ११७ केजी भारबहन गर्दै रजत पदक जितिन् । नेपाल पुलिस क्लबकी सरस्वती पुरीले कुल ११५ केजी भार बहन गर्दै काश्य पदक जितिन् । उनले स्न्याचमा ५० र क्लिन एन्ड जर्कमा ६५ केजी भार उठाएकी हुन् ।

मंगलबार नै सम्पन्न महिला ६४ केजी तौल समूहमा त्रिभुवन आर्मीकी शारदा चौधरीले स्न्याचमा ६७ र क्लिन एन्ड जर्कमा ८० गरी कुल १४७ केजी भार बहन स्वर्ण पदक जितिन् । नेपाल पुलिसकी राजलक्ष्मी थापाले स्न्याचमा ५७ र क्लिन एन्ड जर्कमा ७१ गरी कुल १२८ केजी भार बहन गर्दै रजत पदक जितिन् । आर्मीकी प्रशंसा पुनले काश्य पदक जितिन् । उनले स्न्याचमा ५३ र क्लिन एन्ड जर्कमा ६५ गरी कुल ११८ केजी भार गरेकी हुन् ।

प्रतियोगितामा मंगलबार कुल ६ स्वर्णको छिनोफानो हुँदै छ । हालसम्मको नतिजामा पुलिस पदक तालिकाको शीर्ष स्थानमा छ । पुलिसले हालसम्म ५ स्वर्ण, आर्मीले ४ र सुदूरश्चिमले १ स्वर्ण जितिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७