नाग्मा जुम्ला सडक खण्ड खुल्यो


१ कार्तिक २०७९, मंगलवार
21 Shares
road namga jumla 1

जुम्ला । पहिरोले अवरुद्ध जुम्ला सडक खण्ड खुलेको छ । करिब एक हप्ता लामो प्रयासपछि नाग्म जुम्ला सडक खण्ड खुलेको डिभिजन सडक कार्यालय जुम्लाले जनाएको छ ।

डिभिजन सडक कार्यालयका प्रमुख राजीव श्रेष्ठले जुम्ला बजार सडक खण्डको रारालिही हुँदै नाग्मसम्म दर्जनौं स्थानमा पहिरो गएको बताए । उनले अब जुम्ला नाग्म सडक खुलाइएको छ । ‘अवरुद्ध सडक खुलाउनका लागि क्षेत्रमा असोज २२ गतेबाट २ जना इन्जिनियर, ३ जना सबइन्जिनियर, ७ जना सुपरभाइजर र ७३ जना लेन्थ वर्कर खटिएका थियौं,’ उनले भने ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

कर्णाली राजमार्गमा खटिएका सबइन्जिनियर गोविन्द अधिकारीका अनुसार मंगलबार बेलुकी जुम्ला बजारदेखि नाग्म खण्ड खुलाइएको छ ।

ncll 2

राजमार्गको सर्वपक्षीय अनुगमन

jagdamba.cement

त्यस्तै कर्णाली राजमार्गको अनुगमन समेत गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरी, डिभिजन सडक कार्यालयका प्रमुख श्रेष्ठ, राष्ट्रिय मानव अधिकार आयोग जुम्लाका निमित्त प्रमुख धनराज शाहीसहित सुरक्षा निकायका प्रमुख, पत्रकार महासंघले जुम्लादेखि कालिकोटको भिग्मसम्म अनुगमन गरेको छ ।

road namga jumala

त्यस्तै राजमार्गको स्थलगत अनुगमन गर्न गएका जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले स्थलगत अनुगमनमा राजमार्ग खुलाउने काम सुचारु भए पनि दीर्घकालीन पहिरो व्यवस्थापनका लागि आवश्यक रहेको बताए । त्यस्तै प्रमुख जिल्ला अधिकारी केशरीले सडक खुलाउने र दीर्घकालीन रूपमा राजमार्ग बनाउनका लागि सबैको सहयोग आवश्यक छ । उनले तेल अभाव भएकाले खोजी भइरहेको बताए ।

कर्णाली राजमार्ग २५ प्रतिशत अब खुल्न बाँकी

त्यस्तै डिभिजन सडकका अनुसार कर्णाली राजमार्गमा २५ प्रतिशत खुल्न बाँकी रहेको छ । डिभिजन सडक कार्यालयका प्रमुख राजीव श्रेष्ठले कालिकोटको पिलीदेखि सेरावाडासम्म काम सकेर गाडी पुगेको छ ।

सबइन्जिनियर गोविन्द अधिकारी अनुसार सेरावाडादेखि नाग्मसम्मको करिब ३० किलोमिटरमा सबैभन्दा कठिन अवस्था छ । धनाडादेखि नाग्मसम्म मात्रै १४/१५ स्थानमा ठूला ढुंगा विस्फोटन गर्नुपर्ने अवस्था रहेको छ ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७