शब्दमा वर्णन गर्न नसकिने ताप्लेजुङ्गको लोदेन हेर्नुहोस् तस्बिरमा


१ कार्तिक २०७९, मंगलवार
taplejung laden शब्दमा वर्णन गर्न नसकिने ताप्लेजुङ्गको लोदेन तस्बिरमा 11

हेमराज निरौला

ताप्लेजुङ्ग । बिहानै नुपु दाइको फोन आयो । ‘जितेन र बर्लिन त जान नभ्याउने अरे, अब हामी के गरौं ?’
‘ल दाइ, जे जसरी भए पनि तपाईं र म जाऔं ।’ असोज १६ गते बिहानै लोदेन क्षेत्र जानेबारेमा नुपु दाइ र मेरो संवाद हो यो । उटै क्षेत्रमा ६० वटा भन्दा बढी पोखरीहरु, याक र चौंरी गोठ, बिशाल र सुन्दर खर्कले भरिएको ताप्लेजुङको लोदेन भ्रमण गर्ने ४ बर्ष अगाडिदेखिको योजना थियो हाम्रो । सबै तयारी सकेर अन्तिममा रद्द हुँदै आएका थिए ती योजना । चौंथो पटकको योजना असफल नहोस् भनेर एकै दिनमा आवश्यक तयारी र जोरजाम गरेर असोज १७ गते दुई जना लोदेनतर्फ लाग्यौं ।

taplejung laden शब्दमा वर्णन गर्न नसकिने ताप्लेजुङ्गको लोदेन तस्बिरमा 7 scaled


मिक्वाखोला गाउँपालिका–५ पापुङ्गमा पर्ने लोदेन पुग्न ताप्लेजुङ सदरमुकामबाट औसत हिंडाइमा दुई दिन र एक बिहान लाग्छ । नेपालको प्रमुख १०० गन्तव्यमध्येको फुङ्फुङ्गे झरनासम्म गाडीमा गएपछि पैदल यात्रा शुरु हुन्छ । फुङ्फुङ्गेबाट करिब ४ घण्टाको पैदल यात्रापछि सिम्बुक गाउँ पुगिन्छ । जुन लोदेनतर्फको अन्तिम गाउँ हो । चार दिनका लागि खानपिन र अरु बन्दोबस्तीका सामान गाडीबाट फुङ्फुङ्गेसम्म ल्याएका थियौं । फुङ्फुङ्गेबाट हामीले खोजेको दुई जना भरिया भाइले हाम्रो सामान बोकी दिए ।

taplejung laden शब्दमा वर्णन गर्न नसकिने ताप्लेजुङ्गको लोदेन तस्बिरमा 3 scaled


सिम्बुकसम्म मानवबस्ती भएकाले हामीलाई कुनै समस्या थिएन । हाम्रो तयारी सिम्बुक माथिलाई थियो । टेन्ट, स्लिपिङ ब्याग र खाद्यान्नको पूर्ण बन्दोबस्ती गरेका थियौं । ताप्लेजुङ सदरमुकामबाट हिंडेको पहिलो दिन सिम्बुक पुगियो । अर्को दिन बिहान सिम्बुकबाट हिंडेको ६ घण्टापछि ‘ओडार’ भन्ने ठाउँमा बास बस्यौं । ढुङ्गाको ठूलो ओडार रहेकोे यो ठाउँलाई स्थानीयले ‘फुक्पा’ पनि भन्दा रहेछन् । शेर्पा भाषामा ओडारलाइ फुक्पा भनिन्छ ।

taplejung laden शब्दमा वर्णन गर्न नसकिने ताप्लेजुङ्गको लोदेन तस्बिरमा 8 scaled


सिम्बुकबाट लोदेनतर्फको बाटोमा हरेक एक घण्टाको दूरीमा चौरी तथा याक गोठालाहरुले पार्टी बनाएका छन् र आफ्नो दिवङ्गत आफन्तको सम्झनामा शेर्पाहरुको चौतारी र पार्टी निर्माण गर्ने सँस्कारले गोठाला र यात्रुहरुलाइ निकै सजिलो भएको रहेछ । छोटो समयमा तय भएको यात्रा, यो ठाउँको प्रचार गरौं भन्ने उद्देश्यले ‘पाँच बर्षे लोदेन प्रचार तथा प्रबर्दन कार्यक्रम’ लिएर गएका थियौँ ।

IMG 5185 1 scaled


ओडारकाडे बासपछि बिहानै खाजा नास्ता गरेर लोदेनतर्फ लाग्यौं । करिब छ घण्टा पछि लोदेन खर्क पुगिने रहेछ ओडारबाट । घना जङ्गल, स्वच्छ वातावरण, चौर र ठूला रुखहरुको दृष्यावलोकन गर्दै लोदेन पुग्दा त्यहाँको सौन्दर्यले थकाइ नै निको पारिदियो ।
बिशाल खर्क, जहाँ याक र चौरी चरेको दृष्य, सुन्दर पोखरीहरु, चारैतिर देखिने हिमशृङ्खला, धुपी, भैरुङ्पाती र सुनपाती समिश्रणले प्रकृति आफै आएर कार्पेट ओछ्याए जस्तै प्रतीत हुने । यसैमाथि विभिन्न बुट्यान र झारले रंगिन भएको खर्कमा पोखरीको निकासको पानी बग्दा देखिने बेजोडको दृष्य ।

शब्दमा वर्णन गर्न नसकिने ताप्लेजुङ्गको लोदेन तस्बिरमा scaled


यहाँ जति शब्द खर्च गरेर ब्याख्या गरे पनि त्यहीं पुगेर नहेरेसम्म कम्ती नै हुन्छ । ३८ सय मिटरको उचाइदेखि ४७ सय मिटरको उचाईभित्र बिशाल खर्कको रुपमा फैलिएको लोदेन क्षेत्रमा ६० भन्दा बढी पोखरी रहेछन् । ती पोखरीको आसपास गोठ गरेर बस्ने गोठालाको आतिथ्यपूर्ण ब्यवहार यो ठाउँको गहनाको रुपमा रहेछ ।


taplejung laden शब्दमा वर्णन गर्न नसकिने ताप्लेजुङ्गको लोदेन तस्बिरमा 5 scaled
taplejung laden शब्दमा वर्णन गर्न नसकिने ताप्लेजुङ्गको लोदेन तस्बिरमा 6 scaled
IMG 5473 scaled
taplejung laden शब्दमा वर्णन गर्न नसकिने ताप्लेजुङ्गको लोदेन तस्बिरमा 9 scaled
taplejung laden शब्दमा वर्णन गर्न नसकिने ताप्लेजुङ्गको लोदेन तस्बिरमा 4 scaled
taplejung laden शब्दमा वर्णन गर्न नसकिने ताप्लेजुङ्गको लोदेन तस्बिरमा 12 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७