२०७९ कार्तिक २ गते बुधबारको तपाईको राशिफल

कार्तिक कृष्ण नवमी पञ्चाङ्गः साध्य गर पुष्य


२ कार्तिक २०७९, बुधबार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्ने छन् । दीर्घकालिक योजना कार्यान्वयन हुने र त्यसबाट दूरगामी प्रतिफल प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । दाम्पत्य जीवनमा एक किसिमको निराशा आउन सक्छ । सांगीतिक क्षेत्रमा रुचि बढ्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज महिला वर्गबाट विषेश सहयोग मिल्ने छ । कला र साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ । सफल र रमाइलो यात्राको योग पनि रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज मन खिन्न हुने स्थिति आउनेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु होला । राजनीतिक कार्यमा बाधा आउन सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज धार्मिक कार्यमा रुचि बढ्ने छ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । समाजसेवामा मन लाग्ने छ । पारिवारिक सद्भाव बढ्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज कुनै कुराले मनमा शान्ति छाउला । कार्यमा सफलता पाइनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । साथीभाइ तथा कुटुम्बको सहयोग मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज अरुलाई प्रभावित पारेर काम बन्ने छ । पुँजी बजार या शेयर बजारको क्षेत्रमा सफलता मिल्ने छ । मुद्दा मामिलामा पनि विजयी भइने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । दिनको उत्तरार्धमा भने धन खर्च हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज आत्मबल बढ्नेछ । शत्रुहरू पराजित हुनेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आँटेको र ताकेको कार्यहरू पुरा होलान् । नयाँ कार्यको योजना बन्ने छ । वस्त्र एवं अलङ्कार प्राप्ति हुनसक्छ । रमाइलो यात्राको योग रहेको छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । शत्रुबाट छुटकारा मिल्ने छ । सन्तान सुख पनि हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । छोटो दूरीको लाभदायक यात्रा रहला । वैदेशिक कार्य अघि बढ्ने छ । चिताएको कामले तीव्रता लिनेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७