गिरिराजमणि पोखरेलले सुनाए चुनाव जित्ने यी चार आधार


२ कार्तिक २०७९, बुधबार
35 Shares
giriraj mani scaled

महोत्तरी । गठबन्धनका साझा उम्मेदवार तथा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले आफूसँग चुनाव जित्ने ४ वटा आधार भएको बताएका छन् ।

महोत्तरी क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाका उम्मेदवार नेता पोखरेलले जित्ने पहिलो आधार गठबन्धन नै भएको सुनाए । संगठनिक हिसाबले माओवादी केन्द्र आफै पनि बलियो भएको हुनाले निर्वाचनमा प्रतिस्पर्धा भएता पनि गठबन्धनले नै जित्ने दोस्रो आधार भएको उनको दाबी छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

महोत्तरीमा लगातार ३ पटक विजयी भएका पोखरेलले २ कार्यकाल नेपाली जनताले परिकल्पना गरेको संविधान बनाउन खर्चिएको हुनाले पछिल्लो ५ वर्षयता मात्र विकासले गति लिएको बताए । यही विकासको गति नै चुनाव जित्ने अर्को तेस्रो आधार भएको नेता पोखरेलको भनाइ छ ।

ncll 2

छोटो समयमा नै क्षेत्र नम्बर १ लाई शैक्षिक हब बनाउन सफल भएको सुनाउँदै सिक र गर भन्ने अवधारणा अन्तर्गत प्राविधिक शिक्षालाई बढी जोड दिएको पोखरेलले बताए । ‘अहिले निर्मल लामा बहुप्राविधिक विद्यालयमा मात्र २६ जिल्लाका विद्यार्थी आएर अध्ययन गर्ने थलो वनेको छ,’ उनले भने,’ ‘निर्मल लामा बहुप्राविधिक विद्यालय, कृषि कलेज, आयुर्वेदिक कलेज, न्याथम काठमाण्डौ विश्वविद्यालय यसैका परिणाम हुन् ।’

jagdamba.cement

केही कमजोरी भएता पनि आफूले जितेको क्षेत्रमा शिर ठाडो पार्ने गरी काम गरेको नेता पोखरेलको जिकिर छ । जनताको तटबन्धको शुरुवात गरेपछि अहिले नदी उकासमा हजारौँ बिगाहा जग्गा निक्लिएको र विपन्नहरूलाई यसले विशेष सहयोग गरेको पनि पोखरेलको बुझाइ छ ।

निर्वाचन जित्ने अर्को महत्वपूर्ण आधार भनेको निर्वाचित जनप्रतिनिधि नै भएको नेता पोखरेलको ठोकुवा छ । कतिपय पालिकाहरूमा आफ्ना जनप्रतिनिधि नभएता पनि गठबन्धन इतरका जनप्रतिनिधिले समेत सही मूल्याङ्कन गर्ने नेता पोखरेलले विश्वास व्यक्त गरे ।

अर्को जनतासँग नजिक रहेर काम र कार्यक्रम ल्याएको हुनाले आफूलाई निर्वाचन जित्न सहज भएको उनको भनाइ छ । क्षेत्र नम्बर १ को बाँकी रहेको विकासलाई पूरा गर्न यहाँका जनताले आफ्नै माग गरेको बताउँदै उनले जनचाहनाअनुसार नै यो क्षेत्रमा चौथो पटक उम्मेदवारी भएको बताए ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७