तमु धीं जापान तेस्रो रनिङ कप फुट्सल प्रतियोगिताको टाईसीट घोषणा


२७ चैत्र २०७४, मंगलवार
tamu di footsal japan

शान्त पहरी
टोकियो, २७ चैत । जापानमा पुरानो संस्थाको रूपमा चिनिने तमु धीं जापानको आयोजनामा अप्रिल १५ तारिख आईतबार तेस्रो तमु धीं जापान रनिंग कप फुट्सल प्रतियोगिता हुने भएको छ । सो फुट्सल प्रतियोगिताको ट्राईसीट आइतवार घोषणा गरेको छ । टोक्योको वारकाडे गुड टाइम हल शिनओकुबुमा पत्रकार सम्मेलन गरी ट्राईसीट घोषणा गरेको हो ।tamu di footsal japan

गुरुङ समुदायको भाषा,संस्कृति संस्कार प्रवासमा पनी निरन्तर दिदै आएको तमु धिले गत ३ बर्ष देखि जापानमा खेलकुदलाई प्राथमिकता दिन फुट्सल प्रतियोगिता आयोजना गर्न थालेको तमु धि जापानका निवर्तमान अध्यक्ष तथा पूर्व राष्ट्रीय खेलाडी श्री गुरुङ्ले बताए ।

प्रतियोगितामा प्रथम हुने टीमले प्रथम पुरस्कार ५ लाख ११ हजÞार १ सय ११ येन ,दोस्रो २ लाख १ सय ११ येन र तेस्रो हुने टिमलाइ नगद पुरस्कार १ लाख ११ हजार १ सय ११ को साथमा ट्रफी,मेटल र प्रमाणपत्र पाउने छन । प्रतियोगिताको लागि जम्मा ३२ वटा टिमले नाम दर्ता गराएको खेलकूद संयोजक रमेश तमुले जानकारी दिए ।

उक्त पत्रकार सम्मेलन तमु धि जापानका अध्यक्ष अनिता गुरूङको सभापतित्वमा महासचिव चित्र गुरूङले संचालन गरेका थिए ।

तेस्रो तमु धीं रनिङ कप २०१८ टाईसिट यस प्रकारको छः

समुह ’ए’
राईजिंग नेपाल ‘बि’
राप्ती समाज
तमु धीं ‘बि’
फुकुओका एफ सि

समुह ’बि’
टोक्यो ब्रदर्स
युनिटि एफ सि
तामांग युथ
सनसाईन एफ सि

समुह ’सि’
नर्थन एफ सि
व्लु रे ‘ए’
एपेक्स एफ सि
राईजिंग नेपाल ‘ए’

समुह ’डि
नेपाल युनाइटेड
रोशी एफ सि
सिजोउका गाईज
तमु धीं ‘ए’

समुह ’ई’
हाईजिमा एफ सि
एल सि ब्रदर नाजी
व्रदरहुड एफ सि (ओकिनावा)
चिवा एफ सि

समुह ’एफ’
व्लु रे ‘वि’
एल जि एसोसिएशन
लर्ड वुद्ध एफ सि
साईनिंग स्टार एफ सि

समुह ’एच’
गोर्खे एफ सि
काल भैरव
हिमालयन व्वईज
एक्स वगर जापान

समुह ’जि
हेम्जा एफ सि
काभ्रेली समाज
लमजुंग कालिका
हिमालयन शेर्पा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७