विप्लव पुनः महासचिव चयन


२ कार्तिक २०७९, बुधबार
Biplaw mahadhibeshan 2 scaled

कपिलवस्तु । कपिलवस्तुमा सोमबार सकिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नवौं महाधिवेशनले पुनः नेत्रविक्रम चन्द ‘विप्लव’ लाई नै महासचिव पदमा चयन गरेको छ ।

Biplaw mahadhibeshan 1

कपिलवस्तुको शिवगढीमा गत असोज २५ गते उद्घाटन भएको महाधिवेशन असोज ३१ गते सम्पन्न भएको हो ।
महाधिवेशनले विप्लवको नेतृत्वमा ८१ जना केन्द्रीय सदस्य तथा ४५ जना वैकल्पिक केन्द्रीय सदस्य रहेको केन्द्रीय समिति चयन गरेको नेकपा निकट पत्रकार प्रकाश डुम्रेले जानकारी दिए । यसैगरी महाधिवेशनले १३२ सदस्यीय केन्द्रीय प्रतिनिधि समिति पनि चयन गरेको उनले बताएका छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७