२०० मिटर दौडमा शिवराज र निशालाई स्वर्ण


३ कार्तिक २०७९, बिहीबार
Shibaraj Parki and Nisha Chaudhari 1024x624 1

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार बिहान सम्पन्न २०० मिटर पुरुष दौडमा एपीएफका शिवराज पार्कीले स्वर्ण पदक जितेका छन् ।

२०० मिटर दौडको महिलातर्फको स्पर्धामा लुम्बिनीकी निशा चौधरीले स्वर्ण जितिन् । शिवराजले निर्धारित दूरी २१ः९१ को टाइमिङमा पूरा गरेर पहिलो भए । एपीएफकै आशिष चौधरी दोस्रो र त्रिभुवन आर्मी क्लबका युवराज विक तेस्रो भए ।

यसैगरी निशाले २०० मिटरको निर्धारित दूरी २५ः२४ टाइमिङमा पूरा गरेर स्वर्ण जित्दा एपीएफकी रमिताकुमारी थारुले रजत र नेपाल प्रहरीकी लक्ष्मी साउदले कास्य जिते ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७