इन्डोनेसियाको सबैभन्दा ठूलो मस्जिदमा भीषण आगलागी


३ कार्तिक २०७९, बिहीबार
Jakarta Mosque X1K32jtgs1

काठमाडौं । बुधबार इन्डोनेसियाको राजधानी जकार्तामा रहेको सबैभन्दा ठूलो मस्जिदको गुम्बज भीषण आगलागीका कारण भत्किएको छ । जकार्ता सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार उक्त घटना स्थानीय समय अनुसार बुधबार दिउँसो ३ बजे उत्तरी जकार्ताको जामी मस्जिदमा भएको हो । मस्जिदमा मर्मतको काम चलिरहेको थियो ।

जकार्ता ग्लोबको समाचार अनुसार यो मस्जिद इस्लामिक स्टडीज एण्ड डेभलपमेन्टसँग सम्बन्धित थिंक ट्याङ्क जकार्ता इस्लामिक सेन्टरको परिसरमा बनेको छ । सामाजिक सञ्जालमा शेयर भइरहेको घटनाको भिडियोमा गुम्बज खसेलगत्तै चारैतिर धुवाँको मुस्लो देखिएको छ । आगो निभाउन १० वटा दमकल घटनास्थल पुगेका थिए ।

इन्डोनेसिया न्युज नेटका अनुसार करिब २० वर्ष पहिले सन् २००२ को अक्टोबरमा पनि यस मस्जिदको मर्मतका क्रममा आगलागी भएको थियो । त्यसबेला आगो निभाउन पाँच घण्टा लागेको थियो । प्रहरीका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७