नवौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलको स्वर्ण एपीएफलाई, आर्मी ‘सडेन डेथ’ मा शिकार


३ कार्तिक २०७९, बिहीबार
football army apf

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको उपाधि एपीएफले हात पारेको छ । प्रतियोगिताको अन्तिम दिन पोखरा रंगशालामा भएको खेलमा टाइब्रेकरमा त्रिभुवन आर्मीलाई सडेन डेथमा (६–५) हराउँदै एपीएफले स्वर्ण पदक जितेको हो ।

यसअघि निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटमा दुवै टिमले गोल गर्न सकेनन् र खेलको निर्णय टाइब्रेकरबाट गरियो ।

पुरुष फुटबलको कांस्य पदक भने घरेलु टिम गण्डकीले जितेको छ । बुधबारको खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई १–० गोल अन्तरले हराउँदै कांस्य जितेको हो । नवौं राष्ट्रिय खेलकुदको पुरुष फुटबलमा ७ प्रदेश सहित ३ विभागीय क्लब र एनआरएनको सहभागिता थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७