पुलिसलाई हराउँदै एपीएफले जित्यो महिला फुटबलको स्वर्ण


३ कार्तिक २०७९, बिहीबार
woman football XEeP3S8lpJ 1

स्याङ्जा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलको स्वर्ण पदक विभागीय टोली सशस्त्र प्रहरी क्लबको एपीएफले जितेको छ ।

आज (बिहीबार) स्याङ्जाको वालिङमा भएको फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ ले हराउँदै एपीएफले स्वर्ण जितेको हो । एपीएफको जितमा सावित्रा भण्डारीले दुई गोल गरिन् । पुलिसका लागि निरु थापाले सान्त्वना गोल फर्काइन् ।

महिला फुटबलमा कास्य पदक अर्काे विभागीय टोली त्रिभुवन आर्मीले जितेको छ । कास्य पदकका लागि भएको खेलमा आर्मीले प्रदेश १ लाई ७–० ले पराजित गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७