मंसिर ४ को ब्याटल गठबन्धनले जित्नै पर्छ : प्रचण्ड


४ कार्तिक २०७९, शुक्रबार
prachanda 9
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउँदो मंसिर ४ गतेको निर्वाचन सामान्य नभएको बताएका छन् । शुक्रबार राजधानीमा भएको सत्ता गठबन्धनको चियापान तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मंसिर ४ पछि देशको संविधान मिच्नेहरुलाई पाखा लगाउन कार्यकर्ताहरु अहोरात्र खटिनुपर्नेमा जोड दिए ।

उनले मंसिर ४ गते देशमा अराजकता निम्त्याउने, देशलाई निरंकुशताको बाटोमा धकेल्ने शक्ति र अग्रगमनकारी बीचको लडाई भएकाले त्यसको ब्याटल आफूहरुले जित्नुपर्ने बताए ।

संविधान, लोकतन्त्र र राष्ट्रको रक्षाको लागि गठबन्धन बनेको उल्लेख गर्दै प्रचण्डले यो गठबन्धन अहिले मात्रै नभएर २०४६ सालदेखि बनेको उल्लेख गरे । यस्तै खाले गठबन्धनले २०५६ सालमा पञ्चायत ढालेको उल्लेख गर्दै प्रचण्डले २०६२ ÷०६३ सालको आन्दोलनमा पनि कांग्रेस र कम्युष्टि मिलेर राजतन्त्र फालेको वृतान्त सुनाए । गठबन्धनका यी सबै कुराहरु जनतामाझ लैजान उनले कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७