कांग्रेस उपसभापति धनराज गुरुङ सवार गाडी दुर्घटना


२०७९ कार्तिक ४ शुक्रबार ०७:५५ बजे

काठमाडौं । नेपाली कांग्रेसका उपसपभापति धनराज गुरुङ सवार गाडी दुर्घटनामा परेको छ । स्याङ्जा–२ का कांग्रेस उम्मेदवार गुरुङ निर्वाचन प्रचारको क्रममा शुक्रबार दुर्घटनामा परेका हुन् ।

समाजिक सञ्जाल ट्विटरमार्फत उनले कालिगण्डकी–६ बाट फर्कने क्रममा गल्याङ बटुवामा दुर्घटनामा परेको जानकारी दिएका छन् । ‘सामान्य दुर्घटना !’, गुरुङले ट्विटरमा लेखेका छन्, ‘कालिगण्डकी–६ इम्सिलको कार्यक्रमबाट फर्कने क्रममा गल्याङ बटुवामा सामन्य दुर्घटना ! हामी सबै सुरक्षित छौं’, उनले लेखेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७