रुपन्देही–२ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज (आदेशसहित)


४ कार्तिक २०७९, शुक्रबार
Raju gurung umerdwari

काठमाडौ । सत्ता गठबन्धनबाट रुपन्देही–२ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका राजु गुरुङको उम्मेदवारी खारेज भएको छ । निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि उनको उम्मेदवारी खारेज भएको हो ।

आयोगले बैङ्किङ कसुरमा सजाय पाएका र अदालतमा मुद्दा खेपिरहेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार गुरुङको उम्मेदवारी निर्वाचन ऐन २०७४ बमोजिम खारेज गरेको थियो । सर्वोच्चको फैसलासँगै कालो सूचीमा नाम रहेकाले गुरुङ उम्मेदवार हुन नपाउने भएका छन् ।

आदेशमा भनिएकोछ, ‘अतः कानूनद्धारा तोकिएको कालोसूचीमा नाम समावेश रहेको सम्वन्धी अयोग्यता निवेदक राजु गरुङमा कायम रहेको देखिदा निजले प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन पाउने अवस्था देखिएन । कालो सूचीमा नाम कायम रहेका व्यक्तिले उल्लिखित निर्वाचनमा उम्मेदवार हुन नपाउने भएकाले निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गर्न मिलेन । तसर्थ, यस अदालतबाट मिति २०७९ असोज ३० मा जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिरहन परेन । अरु कानून बमोजिम गर्ने ।’
हेर्नुस् सर्वोच्चको आदेश

1 5
2 4

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७