युभेन्टसले इम्पोलीलाई सहजै हरायो


२०७९ कार्तिक ५ शनिबार ०७:१२ बजे

काठमाडौँ । युभेन्टसले इटालीको सिरी ‘ए’ मा इम्पोलीमाथि शुक्रबार ४–० को सहज जित निकालेको छ । लय समात्न संघर्षरत युभेन्टसका लागि यो जितले ठूलो राहत दिनेछ ।

उसका लागि मोइस केनले आठौं मिनेटमा पहिलो गोल गरे । वेस्टन म्याककेनीले ५५ औं मिनेटमा दोस्रो गोल थपे । त्यसयता एडरिन राबोटले खेलको अन्त्यतिर दुई गोल थपे ।

यो जितपछि युभेन्टसको ११ खेलबाट १९ अंक भएको छ र सातौं स्थानमा रहेको छ । युभेन्टस लिग तालिकाको शीर्ष स्थानमा रहेको नेपोलीबाट अझै सात अंक टाढा रहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७