एडीबीद्वारा पाकिस्तानलाई १५ अर्ब अमेरिकी डलर ऋण सहयोग


५ कार्तिक २०७९, शनिबार
pakistan flood balochistan

इस्लामावाद । एसियाली विकास बैंक (एडीबी) ले पाकिस्तानलाई एक अर्ब ५० करोड अमेरिकी डलरको ऋण सहयोग उपलब्ध गराएको छ ।

पाकिस्तानमा सामाजिक सुरक्षा, खाद्य सुरक्षा र विनाशकारी बाढीको समयमा आफ्ना जनताका लागि रोजगारी प्रदान गर्न सहयोग गर्न बैङ्कले एक अर्ब ५० करोड अमेरिकी डलरको वित्तपोषण स्वीकृत गरेको हो ।

हालै आएको बाढीका कारण तीन करोड ३० लाखभन्दा बढी मानिस प्रभावित हुनुका साथै पूर्वाधार तथा कृषिमा व्यापक क्षति पुर्‍याएको परिप्रेक्ष्यमा पाकिस्तानमा जनता, जीविकोपार्जन र पूर्वाधारमा सहयोग पुर्‍याउन एडीबीले जारी गरेको महत्वपूर्ण प्रतिकार्य प्याकेजको एक हिस्साका रूपमा यो ऋण उपलब्ध गराइएको एडिबीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैङ्कले भनेको छ, ‘पाकिस्तानी सरकारलाई आफ्नो विकास खर्च प्याकेज कार्यान्वयन गर्न आवश्यक वित्तीय सहयोग प्रदान गर्नेछ, जुन संकटको समयमा प्रायः असमान रूपमा प्रभावित हुने गरिब परिवारहरूलाई लक्षित गर्ने व्यवस्था गरिएको छ ।’

यस कार्यक्रमले नगद स्थानान्तरण प्राप्त गर्ने परिवारको संख्या ७९ लाखबाट बढाएर ९० लाख पुर्‍याउन र प्राथमिक तथा माध्यमिक विद्यालयमा भर्ना भएका बालबालिकाको संख्या वृद्धि गर्न सहयोग पुग्ने र यस सहयोगले दक्षिण एशियाली मुलुकमा स्वास्थ्य सेवा र पोषण सामग्रीको भौगोलिक कभरेज पनि बढाउने एडीबीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७