चीनको विश्वविद्यालयमा भरतपुरका ७० विद्यार्थीलाई छात्रवृत्ति


२७ चैत्र २०७४, मंगलवार
renu dahal Bharatpur

चितवन,२७ चैत । भरतपुर महानगरपालिका ७० विद्यार्थीले चीनका विश्वविद्यालयमा छात्रवृत्ति पाउने भएका छन् । चीनको सेन्ट्रल साउथ विश्वविद्यालयबीच महानगरका गरिब,असहाय र जेहेन्दार २० विद्यार्थीलाई पूर्ण र ५० विद्यार्थीलाई आंशिक छात्रवृत्ति पाउने भएका हुन् ।renu dahal Bharatpur

महानगरपालिका मेयर रेणु दाहाल र सियाङ्या नर्सिङ स्कुल सेन्ट्रल साउथ विश्वविद्यालयका डिन प्रोफेसर थाङ सियुआनले मंगलबार शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा बोल्दै सियाङ्या नर्सिङ स्कुल सेन्ट्रल साउथ विश्वविद्यालय डिन प्रोफेसर थाङ सियुआनले नेपालमा पहिलो पटक भरतपुरमा सहकार्य गरेको भन्दै चीन र नेपालको सम्बन्धमा कोसेढुगां सावित हुने बताए ।

यस्तै मेयर रेनु दाहालले चीनसँगको सम्बन्ध र सहकार्यलाई भरतपुर महानगरको तर्फ थप प्रगाढ बनाउने वताइन् । उनले चीनको विकासका मोडललाई भित्राउन आफु उत्सुक रहेको भन्दै महानगर त्यसतर्फ अघि वढेको वताइन् । सम्झौताले दुई देशबीच सामाजिक,सांस्कृतिक ज्ञान आदानप्रदान गर्न महत्वपूर्ण भुमिका खेल्ने मेयर दाहालले विश्वास व्यक्त गरिन् ।

सेन्ट्रल साउथ विश्वविद्यालय चीनको चर्चित विश्वविद्यालय हो । स्नातकोत्तर र विद्यावारिधिमा २ सय १७ वटा शैक्षिक कार्यक्रम र स्नातक तहमा ९४ वटा शैक्षिक कार्यक्रम संचालन गरेको छ ।

भरतपुर महानगरपालिकाको तर्फबाट डा. विश्वास श्रेष्ठले सम्झौताको लागि विश्वविद्यालयसँग आवश्यक समन्वय तथा सहजीकरण गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७