‘रोटी चिनौं, रोटी खाउँ, हाम्रो संस्कृति बचाउँ’ {फोटो फिचर}
काठमाडौं । काठमाडौंस्थित भृकुटीमण्डपमा पाँचौँ रोटी मेला लागेको छ । मेलामा विभिन्न प्रकारका रोटी प्रदर्शनमा राखिएको छ । ‘रोटी चिनौँ, रोटी खाउँ, हाम्रो संस्कृति बचाउँ’ भन्ने मूल नाराका साथ रोटी मेला आयोजना गरिएको हो ।
नेपाली खानाका परिकारहरु उपक्षामा परिरहेका बेला नेपाली खानेकुराको प्रवर्द्धनका लागि मेला आयोजना गरिएको हो । आफ्नै खेतबारीमा उत्पादन हुने अन्नबालीबाट बनाइने यस्ता नेपाली खानाका परिकार स्वास्थ्यका लागि समेत लाभदायक हुन्छ ।
तर, नेपाली खानेकुराको महत्व बुझ्न नसक्दा हामी तयारी खानामा ठूलो धनराशी खर्च गरिरहेका छौं । जसले हाम्रो नगद विदेश बाहिरिरहेको मात्र छैन, स्वास्थ्यमा समेत विभिन्न खालका समस्याहरु बढाइरहेको छ ।














.gif)

.png)

