यो तिहारमा हवाईयात्रा गर्दै हुनुहुन्छ ? एनआईसी एशियाबाट डिजिटल भुक्तानी गर्दा पाइन्छ छुट


६ कार्तिक २०७९, आईतवार
NIC ASIA Bank 1

काठमाडौं । यो तिहार वा छठमा आफ्नो दाजुभाइ वा दिदीबहिनीलाई भेट्न हवाईयात्रा गर्दै हुनुहुन्छ रु यदि यस्तो तयारी छ र हवाइयात्राको लागि टिकट काट्दै हुनुहुन्छ भने एनआईसी एशिया बैंकको डिजिटल प्लेटफर्मबाट टिकट काट्दा विशेष छुट अफर उपलब्ध छ ।

एनआईसी एशिया बैंकका अनुसार यति एयरलाइन्स, बुद्ध एयर र श्री एयरलाइन्सबाट टिकट काट्दा यस्तो छुट पाउन सकिन्छ । एनआईसी एशिया बैंकको वेबसाइट वा एपबाट यस बैंकको साइबरसोर्स इन्टरनेट पेमेन्ट गेटवे ९आइजीपी० प्रणाली प्रयोग गरेर भुक्तानी गर्दा ३ सय रुपैयाँको क्यासब्याक उपलब्ध रहेको छ ।

साइबरसोर्स आइपीजी भनेको एक सुविधाजनक र सुरक्षित कार्डमा आधारित अनलाइन भुक्तानी प्रणाली हो । जहाँ कुनै पनि आन्तरिक वा अन्तर्राष्ट्रिय बैंकका कार्ड प्रयोगकर्ताहरूले नेपालका मर्चेन्टसँग भुक्तानी गर्न सक्छन् । एनआईसी एशिया बैंकको खाता रहेका प्रयोगकर्ताले यो सुविधा प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।

एनआईसी एशियाले दशैं, तिहार र छठको अवसरमा अन्य धेरै कम्पनीसँगको सहकार्यमा विभिन्न सुविधाहरू पनि ल्याएका छ । बैंकका अनुसार २७ वटा मर्चेन्टमा कारोबार गर्दा १५ प्रतिशतसम्म छुट र २० प्रतिशत क्यासब्याक उपलब्ध गराएको छ ।

बैंकको डिजिटल प्लेटफर्म प्रयोग गरेर विभिन्न सुपरमार्केट, एयरलाइन्स, फुड डेलिभरी, ई–कमर्श प्लटेफर्मदेखि अन्य व्यवसायिक संस्थामा यो छुट पाउन सकिन्छ । एनआईसी एशिया बैंकका अनुसार यो अफर कात्तिक १५ गतेसम्म रहेको छ ।

बैंकले भाट–भटेनी सुपरमार्केट, सेल्सबेरी, र साथीमार्टमा किनमेल गर्दा १० प्रतिशतसम्म छुट उपलब्ध गराएको छ । भाट–भटेनीमा भने लत्ताकपडा र जुत्ता किन्दा उक्त छुट अफर उपलब्ध छ । जुन छुट अधिकतम ५०० रुपैयाँसम्म उपलब्ध हुनेछ भने सेल्सबेरी र साथीमार्टमा अधिकतम ३०० रुपैयाँसम्म उपभोक्ताले लाभ लिन सक्नेछन् ।

त्यस्तै, फुडमाण्डु र भोजडिल फुड डेलिभरी कम्पनीबाट खाना अर्डर गरेर एनआईसी एशिया बैंकको कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत छुट वा ३५० सम्म क्यासब्याक पाउन सकिन्छ ।

सिजी डिजिटल, बिग डिजिटल र त्रिबेणी ग्रुपबाट सामान खरिद गर्दा पनि छुट सुविधा प्रयोग गर्न पाइन्छ । सिजी डिजिटलबाट २५ हजारभन्दा माथिका सामान खरिदमा एनआईसी एशिया बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा ७५० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिन्छ । बिग डिजिटल र त्रिबेणी ग्रुपबाट सामान खरिद गर्दा १५ प्रतिशत वा ७५० रुपैयाँसम्म क्यासब्यक प्राप्त गर्न सकिन्छ ।

अन्य विभिन्न ई–कमर्श प्लेटफर्मबाट सामान किन्दा पनि १५ प्रतिशत छुट वा ५ सय रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सकिन्छ । ग्यापु, ठूलो डट कम, साझाडिल, यूजी केक्स र स्वाद सदनबाट सामान खरिद गरेर एनआईसी एशिया बैंकको डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्दा उक्त सुविधा उपभोग गर्न पाइन्छ ।

त्यस्तै, इभो स्टोर, सामसङ प्लाजा, टिटान, चियर्स इन्टरप्राइजेज, फरएभ्रीजिएन, जिबी हेल्थ, रिम्याक्स इन्टरप्राइजेज, मेरो किनमेल, मोड ट्वान्टी थ्रि, लस्कर फुड्स एण्ड डेलिभरी र ओखर स्टोरमा किनमेल गर्दा एनआईसी एशिया बैंकले विशेष छुट उपलब्ध गराएको छ । यी स्टोरमध्ये इभो स्टोर र सामसङ प्लाजामा १५ प्रतिशत छुट वा अधिकतम १५ सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सकिन्छ ।

नेपाल ट्रेड नेटवर्क ९टिटान०मा १५ प्रतिशत छुट वा ३ सय रुपैयाँको क्यासब्याक उपलब्ध छ । अन्य स्टोरमा भने १५ प्रतिशत छुट वा ३ सय रुपैयाँ क्यासब्यक उपलब्ध रहेको छ । यो सुविधा लिनको लागि एनआईसी एशिया बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

एनआईसी एशिया बैंक मुलुकको सबैभन्दा ठूलो बैकिङ सेवा विस्तार गरेको बैंक हो । २५ वर्षदेखि सञ्चालनमा रहेको यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटीएम, १०३ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ सञ्चालन गरेर ग्राहकलाई सेवा सुविधा उपलब्ध गराइरहेको छ । शहरी क्षेत्रमा मात्र नभएर विकट, दुर्गम, सहरउन्मुख क्षेत्रमा पनि आफ्नो सेवा सञ्चालन गरिरहेको छ ।

बैंकले वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यूनरहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७