नेपालमा थपिए १६ जना कोरोना संक्रमित


८ कार्तिक २०७९, मंगलवार
korona 1

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८८८ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा ४४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने कसैको मृत्यु भएको खबर छैन ।

हालसम्म नेपालमा कोरोनाबाट १२ हजार १९ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । यसका साथै नेपालमा पीसीआर परीक्षण गर्दा १० लाख ५०९ जना र एन्टिजेन परीक्षण गर्दा एक लाख ५२ हजार १३९ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये नौ लाख ८७ हजार ८२८ जना निको भइसकेका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ६६२ रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७