सिद्धार्थनगरका मेयर आचारसंहिता विपरीत उम्मेदवारसँगै घरदैलोमा


९ कार्तिक २०७९, बुधबार
312957452 3244382552538713 6169052734688244325 n

भैरहवा । सिद्धार्थनगर नगरपालिका मेयर इस्तियाक अहमद खान निर्वाचन आचारसंहिता विपरीत उम्मेदवारसँगै घरदैलोमा निस्केका छन् ।

निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ३ को ५ (क) को खण्ड ४ मा स्थानीय कार्यपलिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन पाइँदैन ।

313054838 3244382435872058 4265321772759824475 n

तर, मेयर खान रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका उम्मेदवार बालकृष्ण खाँण र लोसपाका सन्तोष पाण्डेसँगै घरदैलोमा हिँडेका छन् । सिद्धार्थनगरकै वडा नम्बर १२, ५, ६ मा मेयरसहित वडा नम्बर ५ र ६ का वडाध्यक्ष पनि ती दुई उम्मेदवारको पक्षमा भोट माग्दै घरदैलोमा सहभागी भइरहेका छन् ।

313093669 3244382512538717 5691767354737565049 n

नेपाल सरकार, प्रदेश सरकार र स्थानीय कार्यपलिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरण भन्दै आचारसंहिताको परिच्छेद ३ मा पहिलो नम्बर मै कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने भनिएको छ । निर्वाचन आचारसंहिता अनुगमन समिति रुपन्देहीका संयोजक विष्णुप्रसाद ज्ञवालीले आचारसंहिता उल्लघन गर्नेलाई स्पष्टीकरण सोध्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७