काठमाडौं बसन्तपुरमा नेपाल संवत् ११४३ को स्वागत, प्रधानमन्त्री देउवा सरिक


९ कार्तिक २०७९, बुधबार
312813388 630798512130257 8911771109364566729 n

काठमाडौं । नेपाल संवत् ११४३ लाई स्वागत गरिएको छ । काठमाडौंको बसन्तपुरमा कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेन, उपप्रमुख सुनिता डंगोल, कांग्रेस नेता प्रकाशमान सिंहलगायत सहभागी भएका छन् ।

Balen sunita

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सरकार र राजनीतिक दलहरूले आफूभन्दा माथि जनतालाई राखेर निर्णय लिन आवश्यक रहेको बताएकी छन् । बुधबार भक्तपुरमा आयोजित नेपाल सम्वत ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवं राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण समारोहमा उनले यस्तो बताएकी हुन् ।

Balen sha

नेपाल सम्वतको छुट्टै मौलिक महत्व र पहिचान रहेको भन्दै उनले नेपाल सम्वतलाई व्यवहारमा लागु गर्न आवश्यक भएको बताइन् । उनले सरकारी कार्यालयमा नेपाल सम्वत प्रयोग गर्न नसकेसम्म राष्ट्रिय सम्वत, राष्ट्रिय विभूतिको मान्यता दिएको अर्थ नरहने जिकिर गरिन् । उनले अहिलेका राजनीतिक दल र नेताहरूले राष्ट्रिय विभूति शंखधर साख्वाबाट धेरै कुरा सिक्न आवश्यक रहेको बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७