‘महापुरुष’ आजदेखि प्रदर्शनमा


११ कार्तिक २०७९, शुक्रबार
mahapurush 1

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज (शुक्रबार) बाट देशभरका सिनेमा हलहरुमा नेपाली चलचित्र ‘महापुरुष’ प्रदर्शनमा आएको छ । ‘महापुरुष’ मा अभिभावकको एक्लोपनको कथा देखाइएको तथा आफ्नो व्यस्त जीवनमा रमाइरहेको सन्तान र अभिभावकबीचको सम्बन्ध र चाहनालाई सरल रुपमा प्रस्तुत गरिएको चलचित्र निर्माण पक्षले जनाएको छ ।

प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्र महापुरुषमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रवीन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइली लगायतका कलाकारले अभिनय गरेका छन् ।

निर्देशक भट्टराईले यसअगाडि जात्रा, शत्रु गते र जात्रै जात्राको निर्देशन गरिसकेका छन् । चलचित्र महापुरुषको पाँच दिनअगाीड नै काठमाडौंमा प्रिमियर गरिएको थियो । प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको चलचित्र महापुरुष काठमाडौंसँगै चितवन र इटहरीमा पनि प्रिमियर गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७