सानिमा ग्रोथ फन्ड कात्तिक १६ गतेबाट खुला हुने


११ कार्तिक २०७९, शुक्रबार
sanima capital Copy

काठमाडौं । सानिमा क्यापिटलले कात्तिक १६ गतेदेखि म्युचुअल फन्ड योजना बिक्री खुला गर्ने भएको छ । यसले सानिमा ग्रोथ फन्डको कुल १२ करोड इकाई निष्काशन गर्न लागेको हो ।

जसमध्ये १ करोड ५६ लाख इकाई वा कुल बिक्री भएको इकाईको १३ प्रतिशत विज पुँजीवापत कोष प्रवर्द्धक सानिमा बैंकलाई सुरक्षित गरिएको छ । त्यस्तै, २४ लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटललाई छुट्टाएको छ ।

बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गर्न लागिएको योजना व्यवस्थापक सानिमा क्यापिटलले जनाएको छ । यसमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा कात्तिक ३० गतेसम्म खुला रहनेछ । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७