गण्डकी र प्रदेशमा वर्षाको सम्भावना


१२ कार्तिक २०७९, शनिबार
kuhiro baglung e1609730594362

काठमाडौं । अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ मौसमविदले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७