अमेरिकी सभामुख पेलोसीका श्रीमानमाथि घरैमा सांघातिक आक्रमण


१२ कार्तिक २०७९, शनिबार
308807145 3347517878861173 2050512046327827704 n QTrMVOqHYM

काठमाडौं । अमेरिकी कांग्रेसकी सभामुख न्यान्सी पेलोसीका श्रीमानमाथि सांघातिक हमला भएको छ । क्यालिफोर्नियामा पेलोसीको घरमा पसेर एक आक्रमणकारीले उनका पति पल पेलोसीलाई कुटपिट गरेका हुन् ।

पेलोसीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पल पेलोसीमाथि शुक्रबार आक्रमण भएको छ । आक्रमणकारीलाई नियन्त्रणमा लिइएको छ ।

आक्रमणको कारण के थियो भन्ने अनुसन्धान भइरहेको छ । पल पेलोसीलाई अस्पतालमा भर्ना गरिएको छ । उनी छिट्टै निको हुने अपेक्षा गरिएको छ ।’ आक्रमणको समयमा न्यान्सी पेलोसी भने सान फ्रान्सिस्कोमा थिइनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७