तीन प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना


१३ कार्तिक २०७९, आईतवार
kuhiro baglung e1609730594362

काठमाडौं । तीन वटा प्रदेशका पहाडी भूभागका केही क्षेत्रमा आज (आइतबार) हल्का वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश–१, बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बाँकी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहनेछ ।

राति प्रदेश–१ र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ । सोमबार पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ । प्रदेश–१, बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । मुलुकमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७