निर्वाचन क्षेत्रको समृद्धिका लागि मैले पुनः जित्नु पर्छ : थापा


२०७९ कार्तिक १३ आइतबार ०६:५४ बजे

महोत्तरी । नेकपा एमाले नेतृ तथा महोत्तरी १ (क) की उम्मेदवार शारदादेवी थापाले निर्वाचन क्षेत्रको आधारभूत आवश्यकता पूरा गर्न निक्कै काम बाँकी रहेको बताएकी छन् ।

विशेष गरी महिलाका अनेकौ समस्या समाधान गर्न आफूमात्र उपयुक्त भएको दाबी गर्दै उनले निरीह महिलाहरुको प्रतिनिधिको रूपमा आफ्नो उम्मेदवारी भएको बताएकी छन् ।

विभिन्न महिला संगठनमा बसेर काम गरेकाले पनि महिलाको समस्यालाई नजिकबाट बुझेको उनको भनाइ छ । उनका मुख्य प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार पिताम्बर महतो छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७