खगेन्द्र संग्रौला कांग्रेस हुँदै होइनन्, तर धेरै कालो कांग्रेसका गुरु हुन् : गगन थापा


१३ कार्तिक २०७९, आईतवार
Gagan thapa
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले हरेक व्यक्तिको सोंचमा समय र समाजको प्रभाव हुनु जरुरी रहेको बताएका छन् ।

आज (आइतबार) काठमाडौंमा साहित्यकार खगेन्द्र संग्रौलाको पुस्तक एक बागी लोकार्पण समारोहमा बोल्दै उनले हरेक व्यक्तिको सोंचमा समय र समाजको प्रभावसँगै संगतको प्रभाव हुन आवश्यक रहेको बताएका हुन् ।

उनले साहित्यकार संग्रौला आफू सरहका कांग्रेसी नेताहरूको पनि गुरु भएकाले उनको जीवनबाट र साहित्य रचनाबाट हरेक नेपालीहरूले सिक्नुपर्ने कुराहरू धेरै रहेको बताए । महामन्त्री थापाले आफ्नो जीवनमा खगेन्द्र संग्रौलाले नै प्रश्न गर्नुपर्छ र अन्यायविरुद्ध लड्नुपर्छ भन्ने कुरा सिकाएको बताए ।

उनले साहित्यकार संग्रौलाको नयाँ पुस्तक एक बाघी कोही एक व्यक्तिको जीवनमा आधारित नभई समय र समाजले बुझ्नुपर्ने कुराहरू समेटेको पाएको बताए । ‘खगेन्द्र संग्रौला कांग्रेस त हुँदै होइन, त्यसमाथि कालो कांग्रेस हुने कुरै भएन । तर मेरो उमेर समूहका थुप्रै कालो कांग्रेसीले खगेन्द्र संग्रौलालाई गुरु मान्छन् । प्रश्न गर्न र बाघी हुन हामीलाई खगेन्द्र संग्रौलाले सिकाउनु भयो । उहाँसँग चिया खाँदा समेत धेरै कुरा सिकेँ । व्यक्तिको सोंचमा समय र समाजको प्रभाव त हुन्छ तर संगतको प्रभाव पनि हुन्छ’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७