बराबरीमा रोकियो रियल, टोनी क्रुजलाई रातो कार्ड


१४ कार्तिक २०७९, सोमबार
thumb 9

काठमाडौं । स्पेनी ला लिगामा रियल म्याड्रिड आइतबार जिरोनाको हातबाट १–१ को बराबरीमा रोकिएको छ । खेलको अन्त्यमा रियल १० खेलाडीमा पनि सीमित रहेको थियो । टोनी क्रुसले आफ्नो खेल जीवनकै पहिलो रातो कार्ड खाएर मैदान छाड्न बाध्य रहे ।

रियलले भिनिसियस जुनियरको गोलले अग्रता लिएयता जिरोनाका लागि क्रिस्टियन स्टुनीले बराबरी गोल फर्काए । यो जितपछि रियल शीर्ष स्थानमा उक्ले पनि दोस्रो स्थानमा रहेको बार्सिलोनासँगको दूरी एक अंकमा छोटिएको छ ।

आइतबारकै अन्य खेलमा रियल बेटिसले रियल सोसिडाडलाई २–० ले हरायो र चौथो स्थानमा उक्लियो । रियलको ३२ र बार्सिलोनाको ३१ अंक रहेको छ । यस्तै एटलेटिको म्याड्रिड र बेटिसको समान २३ अंक भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७