रसियाले गर्‍यो युक्रेनमाथि भिषण क्षेप्यास्त्र प्रहार


०७:२३ बजे

लण्डन । रसियाले युक्रेनको राजनधानी कीभलगायतका कतिपय स्थानमा भिषण क्षेप्यास्त्र प्रहार गरेको छ । आफ्नो ब्ल्याक सी फ्लीटमा युक्रेनले ड्रोन आक्रमण गरेको आरोप लगाएको केही दिनमै रसियाले राजधानी कीभलगायतका युक्रेनका केही सहरहरुमा क्षेप्यास्त्र प्रहार गरेको बीबीसीको समाचारमा उल्लेख छ ।

क्षेप्यास्त्र प्रहारका कारण युक्रेनमा बिजुली, पानी लगायत अत्यावश्यक कुराहरु बन्द भएको छ । राजधानी कीभमा मात्र कम्तीमा दुईबटा क्षेप्यास्त्र प्रहार भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै बीबीसीमा समाचार छ । युक्रेनको उत्तर पुवी सहर खार्किभमा सेमत क्षेप्यास्त्रका कारण महत्पूर्ण पूर्वाधारहरु ध्वास्त भएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७