राप्रपाको घोषणापत्र : नेपालको शान्तिक्षेत्र प्रस्तावलाई पुनर्जीवित गर्ने


०७:४९ बजे

काठमाडौं । राप्रपाले नेपालको शान्तिक्षेत्र प्रस्तावलाई पुनर्जीवित गर्ने घोषणा गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सोमबार चुनावी घोषणापत्र सार्वजनिक गरेको राप्रपाले नेपालको शान्तिक्षेत्र प्रस्तावलाई पुनर्जीवित गर्ने घोषणा गरेको हो ।

परराष्ट्र नीतिमा सबैको मित्रता स्वीकार गर्ने, तर हस्तक्षेप अस्वीकार गर्ने बताएको राप्रपाले असंलग्न र पञ्चशीलमा आधारित परराष्ट्र नीति अवलम्बन गर्ने घोषणापत्रमा उल्लेख छ ।

नेपालको भू–भाग कसैकोविरुद्ध प्रयोग हुन नदिने, सबै असमान सन्धि सम्झौता तथा सीमा विवादलाई कूटनीतिक माध्यमबबाट टुंगो लगाउने आफ्नो चुनावी घोषणापत्रमा राप्रपाले उल्लेख गरेको छ ।
वैदिक सनातन धर्म सापेक्षा हिन्दु राष्ट्र
सार्वजनिक गरेको घोषणापत्रमा वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको प्रस्ताव गरेको छ । ‘सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र,’ राप्रपाले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७