मस्कले ट्वटीर प्रमाणीकरणको लागि प्रतिमहिना २० डलर शुल्क लिने


१४ कार्तिक २०७९, सोमबार
Elon musk

न्युयोर्क । एलोन मस्कले ट्वीटर ब्लु ब्याज सदस्यताको लागि प्रतिमहिना २० डलर शुल्क लिने योजना बनाएका र त्यसमा प्रयोगकर्ताहरूको प्रमाणीकरण पनि समावेश रहेको जनाइएको छ ।

भर्जका अनुसार मस्कले आइतवार कर्मचारीहरूलाई नोभेम्बर ८सम्ममा यो सुविधा रोल आउट गर्न आवश्यक रहेको अन्यथा उनीहरूलाई बर्खास्त गरिने चेतावनी दिए ।

हालको योजनाअन्तर्गत प्रमाणित प्रयोगकर्ताहरूले सदस्यता लिन वा आफ्नो निलो चेकमार्क गुमाउन ९० दिन पाउने छन् । आइतबार मस्कले प्रमाणिकरण प्रक्रियाबारे ट्वीट गर्दै भने, ‘सम्पूर्ण प्रमाणिकरण प्रक्रिया अहिले परिमार्जन भइरहेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७