नेकपा एसको घोषणा : एकीकृत अतिक्रमित नेपाली भूमि फिर्ता लिन पहल गर्न दबाब दिने


११:०४ बजे

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सोमबार एकीकृत समाजवादीले घोषणापत्र सार्वजनिक गरेको हो । उक्त घोषणापत्रमा सीमा समस्या समाधान गर्न र नेपालको अतिक्रमित भूमि फिर्ता लिन उच्च प्राथमिकतासहित कूटनीतिक पहल गर्न दबाब दिने उल्लेख गरिएको छ ।

दशगजा क्षेत्रलाई व्यवस्थित गरी राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै देशबाट बाहिरिने र देशमा भित्रिने मानिसहरूको व्यवस्थित रेकर्ड राख्ने सो पार्टीले आफ्नो घोषणपत्रमा उल्ल्लख गरेको छ ।

सार्वजनिक घोषणापत्रको ‘राष्ट्रिय हित र स्वाभिमानको संवर्द्धन’ शीर्षकमा उल्लेख गरिएको छ :

मित्र राष्ट्रसँंगको सीमा समस्या समाधान गर्न र अतिक्रमित नेपाली भूभाग फिर्ता लिन उच्च प्राथमिकतासहित कुटनीतिक पहल गर्न दवाव दिइने छ । नेपालको अन्र्तराष्ट्रिय सिमानालाई अन्र्तराष्ट्रिय कानून र स्थापित मूल्य मान्यता अनुरुप नियमित गर्ने, देशका सिमाना दशगजा क्षेत्रलाई व्यवस्थित गरी राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई ध्यान दिदैँ देशबाट बाहिरिने र देशमाभित्रिने मानिसहरूको व्यवस्थित रेकर्ड राखिनेछ । हाम्रो खुला सिमानालाई यसरी व्यवस्थित गर्न सक्दा मानव बेचबिखन तथा ओसार–पसार र अन्य अपराधहरू नियन्त्रण गर्न पनि सहज हुने छ । यस मामिलामा सम्बन्धित पक्षसँग वार्ता गरी समस्या समाधान गर्न पहल गरिनेछ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७