प्रचण्ड भन्छन्, ‘बहुदल आएपछि उच्च पदमा बसेका सबैको सम्पत्ति छानबिन हुन्छ’


०६:५७ बजे

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बहुदल (२०४७ साल) पछि उच्च कार्यकारी पदमा बसेका सबैको सम्पत्ति छानबिन हुने बताएका छन् ।

आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका सम्बन्धमा सोमबार घोषणापत्र सार्वजनिक गर्दै उनले आफ्नो पार्टीले बहुदलपछि विशिष्ट पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्ने बताए ।

‘हाम्रो पार्टीको घोषणापत्रमा बहुदलपछि बनेका प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, मुख्य सचिवसहित सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्छ भनेको छ । त्यसका लागि माओवादीले नेतृत्व गर्छ,’ उनले भने । प्रचण्डले आफ्नो छोटो समयको प्रधानमन्त्रीत्वकालमा देशमा भ्रष्टाचार नभएको पनि दाबी गरे ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७