नेप्सेमा एनसीसी बैंकको शेयर मूल्य समायोजन


१०:५४ बजे

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) गत आर्थिक वर्षको बोनस शेयरका लागि एनसीसी बैंकको शेयर मूल्य समायोजन गर्दै प्रतिकित्ता १७८.०१ रुपैयाँ कायम गरेको छ ।

यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १८४ रुपैयाँ थियो । लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले मंगलबार बुक क्लोज गर्ने निर्णय गरेको छ । एनसीसी बैंक कुमारी बैंकसँग मर्जर प्रक्रियामा रहेको शेयर कारोबार रोक्का रहेको छ । बैंकले आफ्नो २५औँ वार्षिक साधारणसभा आउँदो मंसिर २ गते आयोजना गर्ने निर्णय गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७