एमाले घोषणापत्र : नेपालीलाई मात्र नागरिकता, प्रतिव्यक्ति आय दोब्बर (पूर्णपाठ)


०७:५८ बजे

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आउँदो मंसिर ४ गते हुने चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आज मङ्गलवार दिउँसो काठमाण्डौको याक एन्ड यती होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आउँदो चुनावका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्पलाई निरन्तरता दिइएको छ । घोषणापत्रमा देशको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ ।

यस्तै एमालेको घोषणापत्रमा सरकार गठन भएको एक महिनाभित्र नेपाली नागरिकका सन्तानले नागरिकता नपाउने अवस्था अन्त्य गर्ने र छ महिनाभित्र नागरिकतासम्बन्धी समस्या हल गरिने उल्लेख छ । एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिने पनि जनाइएको छ ।

कृषिको व्यवसायीकरण गरिने तथा साना, मझौला र ठूला उद्योगको विस्तारबाट राष्ट्रिय आयमा उल्लेख्य वृद्धि गरिने घोषणापत्रमा उल्लेख छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) लाई आउँदो पाँच वर्षभित्र १०० खर्ब रुपैयाँ र नेपालीको औसत प्रतिव्यक्ति आम्दानी ३ लाख रुपैयाँ (२४०० अमेरिकी डलर) पु¥याइने पनि उल्लेख छ ।
पूर्णपाठ

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७