इजरायलमा चार वर्षमा पाँचौं पटक निर्वाचन : सर्वेक्षणले देखाए नेतन्याहुको ‘कम व्याक’


१६ कार्तिक २०७९, बुधबार
neta

जेरुसेलम । इजरायलका पूर्व प्रधानमन्त्री बेन्जामिन नेतन्याहु मंगलबारको निर्वाचनपछि सत्तामा फर्किने मत सर्वेक्षणहरुले देखाएका छन् । मंगलबारको चुनावपछि उनको दक्षिणपन्थी गुट संकीर्ण बहुमततर्फ अग्रसर भएको सर्वेक्षणहरुले देखाएका हुन् ।

देशको सबैभन्दा लामो समय सेवा गर्ने पूर्व प्रधानमन्त्रीको पार्टीले १२० सिट भएको केन्सेट (संसद) मा कम्तीमा ६१ वा ६२ सिट जित्ने सर्वेक्षणले देखाएका छन् । तथापि, चुनावको वास्तविक नतिजा प्रारम्भिक एक्जिट पोल भन्दा फरक हुन सक्छ जुन यस हप्ताको अन्त्यसम्म अपेक्षित छैन ।

यसैबीच, वर्तमान प्रधानमन्त्री यायर लापिडको येश अतिद पार्टीले कम्तीमा २४ सिट जित्ने अनुमान गरिएको छ । अर्कोतर्फ, इटामार बेन–गभिरको नेतृत्वमा रहेको धार्मिक जियोनिस्ट पार्टीले कम्तीमा १४ सिट जितेर तेस्रो ठूलो पार्टी बन्ने तयारी गरेको छ ।
चार वर्षभन्दा कम अवधिमा यो देशको पाँचौं निर्वाचन हो जसले धेरै मतदाताहरूलाई आक्रोशित बनाएको छ, तर रिपोर्टहरूले यसले सन् १९९९ पछिको सबैभन्दा बढी मतदाताको सहभागितालाई असर नगरेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७