नेप्से सामान्य अंकले बढ्यो, करिब डेढ अर्बको कारोबार


१६ कार्तिक २०७९, बुधबार
share Up.

काठमाडौं । शेयर बजार मापक परिसूचक नेप्से आज (बुधबार) ७.३२ अंकले बढेको छ । मंगलबार ५६ अंकले बढेको नेप्से आज १९३८.३० बिन्दुमा पुगेको छ ।

बजार बढेसँगै ठूला कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.७९ अंकले बढेको छ । २९ हजार ४७ पटकको शेयर कारोबारमा २२७ वटा कम्पनीका ४३ लाख ४६ हजार ७०८ कित्ता किनबेच भएको थियो । जसमा एक अर्ब ४६ करोड ७९ लाख १४ हजार ८७५ रुपैयाँ बराबर कारोबार भएको छ ।

बजार बढे पनि १३ वटा उपसमूमध्ये तीन वटा उपसमूहका सूचक राताम्मे भएका छन् । १० वटा उपसमूहका सूचक हरियाली देखिएका छन् । बुधबार सर्वाधिक कमाउनेमा कर्पोरेट डेभलोपमेन्ट बैंक र कर्णाली डेभलोपमेन्ट बैंक छन् । उक्त कम्पनीको शेयर मूल्य क्रमशः २३ रुपैयाँ र १८ रुपैयाँले वृद्धि भएर प्रतिकित्ता २८८ रुपैयाँ र २४० रुपैयाँ कायम भएको छ ।

आज सर्वाधिक गुमाउनेमा सबैको लघुवित्त र माहुली लघुवित्त रहेका छन् । उक्त कम्पनीको शेयरमूल्य ३ प्रतिशतभन्दा बढीले घटेको छ । शिवम् सिमेन्टको सर्वाधिक एक लाख १३ हजार ७२० कित्ता शेयर कारोबार हुँदा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६८५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७