गोरखा–२ का राप्रपा प्रदेशसभा उम्मेदवार माओवादीमा प्रवेश


१८ कार्तिक २०७९, शुक्रबार
basnet eSd4XtP4yG

गोरखा । राष्ट्रिय प्रजातान्त्रिक पार्टीका गोरखा–२ प्रदेश सभा ‘क’ का उम्मेदवार इन्जिनियर सुबोध बस्नेत नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । गोरखा सदरमुकाम आयोजित चुनावी कार्यक्रममा बस्नेतलाई अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराएका हुन् । आफ्नो उम्मेदवारी निष्क्रिय बनाई बस्नेत माओवादी प्रवेश गरेका हुन् ।

देशको राजनीतिक निकास वाम लोकतान्त्रिकले दिने भन्दै राप्रपा उम्मेदवार बस्नेत माओवादी प्रवेश गरेका हुन् । ‘नेपालको राजनीतिक आन्दोलनका मियो, शान्ति र क्रान्तिका नायक गोरखामा उम्मेदवार भएर आउनु सम्पूर्ण गोर्खाली जनताको लागि गौरवको विषय हो । म आजैका दिन देखि मेरो उम्मेदवारी निष्क्रिय बनाई माओवादी केन्द्रमा प्रवेश गरेको घोषणा गर्दछु ’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७