दार्चुला पुगेर ओलीले भने, ‘नदी वर सर्दैमा सीमा सर्दैन, ठूलो भारतको सानो चित्त हुनु हुँदैन’

एमाले सभाको आधा जनसंख्या उपस्थित गराएर देखाउन सत्ता गठबन्धनलाई ओलीको चुनौती


१८ कार्तिक २०७९, शुक्रबार
NarendrasinghKarki Darchula RSS 181

दार्चुला । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तिंकर भञ्याङको बाटो निर्माणमा भारतले अनावश्यक झमेला निकालेको टिप्पणी गरेका छन् । दार्चुलाबाट एमालेको चुनावी सभालाई शुरु गर्दैै उनले सीमाको विषयमा सानो चित्त नगर्न आग्रह गरेका छन् ।

‘चीनसम्म जाने ७०-७५ किलोमिटर चट्टान हामीले फोड्नु पर्ने छ तिंकर भञ्याङको लागि भारतले हाम्रो भूभागबाट अनावश्यक ढंगले बाटो बनाएको छ । हामी आफैं बनाउने थियौँ । तर, भारतले आफूखुशी बनाएर बेकारको झमेला निकाल्यो’ ओलीले भने, ‘म भारतलाई अहिले पनि भन्न चाहन्छु । नदी वरतिर सर्‍यो भनेर सीमा सर्ने होइन । पहिले नदी भएको ठाउँमा भारतले बाँध लगाउने होइन । ठूलो भारतको सानो चित्त हुनु हुँदैन । खोलो उता सर्‍याे कि सीमाना सारिहाल्ने । विशाल भारत छ तर, थोरै भए पनि सीमाना सार्छ । यो सुहाउँदैन ।’

‘राष्ट्रियताको प्रश्नमा नेपालले आफ्नो एक इन्च जमिन पनि कसैलाई छोड्नेवाला छैन । एक इन्च पनि मिचिन दिनेवाला छैन’, ओलीले भने, ‘मिचिएको भए फिर्ता ल्याउँछौं भनेर हामीले नक्सा जारी गरेका छौँ । संसदले सर्वसम्मतले पास गरेको छ । त्यो कुरा आज फेरि तपाईंहरुसँग ग्यारेन्टी गर्न चाहन्छु ।’

भारतले सीमामा गरेको अतिक्रमणलाई नेपाली जनताले थिचोमिचोका रुपमा लिइरहेको उनले बताएका छन् । आफूले यस विषयमा भारतका शीर्ष नेताहरुलाई भनिरहेको समेत अध्यक्ष ओलीले बताएका छन् । भारत भ्रमणमा जाँदा भारत भ्रमणमा जाँदा दिल्ली र उत्ताराखण्डको सहमतिमा झोलुङ्गे पुल बनाएको बताए । दार्चुला र धार्चुलामा पक्की पुल बनाउने उद्घोष गरे ।

ओली प्रधानमन्त्री बनेका बेला लिपुलेक, कालापानी लिम्पियाधुरासहितको भूमि समेटेर नयाँ नक्सा जारी भएको थियो ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले दार्चुलामा प्रतिनिधिसभाका उम्मेदवार गणेश ठगुन्नासहित प्रदेशसभाका उम्मेदवारलाई निर्वाचित गर्न आह्वान पनि गरे ।
एमाले सभाको आधा जनसंख्या उपस्थित गराएर देखाउन सत्ता गठबन्धनलाई ओलीको चुनौती
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दार्चुलाबाट चुनावी अभियान शुरु गर्दै सत्ता गठबन्धनलाई एमालेको सभाभन्दा आधा जनसंख्या उपस्थित गराएर देखाउन चुनौती दिएका छन् ।

‘म गठबन्धनलाई चुनौती दिन चाहन्छु । गठबन्धनले एमालेले गरेको सभाभन्दा ५–६ दलले गरेको सभा आधा जनसंख्याको उपस्थिति गरेर देखाओस् । सम्भव छैन’, ओलीले जिकिर गरे । उनले एमालेको बहुमतको सरकार बनाउने गरी मतदान गर्न आह्वान गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७